यसपाली दशैंमा गाउँ जाँदा देखे
टारीखेत रहेछ बाँझै
मनको खुल्दुली मेट्न
झरे गाउँँ तिर सम् साँझै
सोधें साँईंलादाई टारी खेत किन बाँझो ?
‘बहिनी यही बेचेर बिदेश जाने चाँजो’
मन भित्र कता कता दुखे झै भयो
कुन्नि के को लाजले हो शीर झुके झै भयो
तै पनि सहृदयताले भनेे,
दाई मरूभुमिमा भन्दा त यही सुन फल्दो हो
चीरपरिचित पसिनाले स्वदेशी माटो फतक्क गल्दो हो
गोर्खाली स्वभिमानले तनक्क तानिएर बोले साँईंलादाई
‘होइन बिदेश त मैले जानै पर्छ
बिदेशी हावा पानी एक पटक खानै पर्छ’
यसरी टारी खेत बेचेर साँईंलादाई बिदेश हान्निए
कर्मठी हातहरू त्यहा पनि तरकारी खेती मै छान्निए
तर आज सुने साँईंलादाई बाकस भित्र आएछन्
कुन्नि कस्तो! कस्तो! बिदेशी हावा पानी खाएछन्
आज फेरी मन भित्र कता कता दुखेको छ
कुन्नि के को लाजले हो शीर फेरी झुकेको छ
कुन्नि के को लाजले हो शीर फेरी झुकेको छ ।
No comments:
Post a Comment