जीन्दगी देखि हारेको मान्छे
सपना अन्तै सारेको मान्छे
बाॅच्न खोज्दा खोज्दै पनि कैयौ पटक
समयको क्रुरताले मृततुल्य पारेको मान्छे
जीन्दगीको जुवामा आफैलाइ नारेको मान्छे
खुशिहरूसग पानी बारेको मान्छे
समेट्न खोज्दा एकमुठी खुशि अञ्जुलीमा
दुखहरूले सधै सधै भरि ललकारेको मान्छे
रहरहरूलाइ अब मारेको मान्छे
आफू वारी चाहाना पारी तारेको मान्छे
इच्छाहरू सुम्पिदिएर अब समयलाइ
क्रुरतालाइ सजीलैसग स्वीकारेको मान्छे
असफलताले तल झारेको मान्छे
प्रियहरूले माया मारेको मान्छे
बनाउ आफ्नो एउटा संसार भन्दाभन्दै
आफन्तहरूले नै टाढा लघारेको मान्छे ।।
No comments:
Post a Comment