Friday, October 9, 2020

छोरीको डर


बाटोमा हिँड्दै गर्दा

मान्छेकै प्रतिबिम्बसँग तर्सिन्छु  आजकल

स्कूल कलेज मेलापात हाट बजार

कतै कतै पनि......

किन डर लाग्छ आमा ?

भन  किन बोल्दिनौ ?

किन डर लाग्छ मलाई ?

किन जप्न सकिरहेकी छैन  आज 

 तिमीले सिकाएको

निडर बन्नु पर्छ भन्ने मन्त्र ?


कसरी निडर बनुँ  आमा ?

आज  तिमीलाई मेरो मात्र हैन

मलाई  पनि तिम्रो चिन्ता लाग्छ

सुरक्षित  तिमी पनि छैनौ

नहिँड है कतै बाहिर

नजाउ घाँस दाउरा

नजाउ मन्दिर पनि

 पनि जान्न

छोडिदिऊँ बरु बाँच्नै हामी...




आज हाम्रो बाँच्ने अधिकारमाथि तुषारापात भएको 

आज हाम्रो जीवनमाथि खेलबाड भएको 

सरले स्कुलमा पढाउनु भएका अधिकारका पाठ गलत सावित भएका छन् आमा !

आत्मसम्मान  भैगो छोड

आज  जीवन नै पनि अरु कसैको क्रुरताले निमोठेको 


डर लाग्छ आमा... डर लाग्छ

आज पुरुष केवल पुरुष जस्तो देख्दिन 

देख्दिन बाउ बाउजस्तोदाजु दाजुजस्तो,

साथी साथीजस्तो  आफन्त आफन्तजस्तो...


 ! मनमा कुण्ठा बोकेर हिँडेका दानवहरु

बाउलाई बाउ नै देख्न चाहान्छु 

दाजुलाई दाजु नै  साथीलाई साथी नै

बिन्ती आफूभित्र कलुषित वासनाको मूल फुटाएर

हरेक पुरुषलाई बलात्कारी नदेखाइ देउ

मेरो विश्वास नडग्मगाइ देउ

 मानवलाई मानव नै देख्न चाहान्छु  दानव हैन..........

Wednesday, July 15, 2020

गुरु



आज फेरी पर क्षितिजबाट एउटा उज्यालो फैँलिदै आउँदा

त्यसमा मैले तिमीलाई देखेँ 


जीन्दगी जीन्दगीजस्तै भएको दिन

म तिमीलाई सम्झन्छु

जीन्दगी जीन्दगीजस्तै नभएको दिन पनि

म तिमीलाई सम्झन्छु।


सपना देखेको दिन,

सपना पुगेको दिन,

अनि सपना टुटेको दिन

म तिमीलाई सम्झन्छु


लडेको दिन, उठेको दिन 

र लड्दा लड्दै सम्हालिएको दिन

जितेको दिन, हारेको दिन 

अनि जित्दा जित्दै हारेको 

र हार्दा हार्दै जितेको दिन

म तिमीलाई नै सम्झन्छु


को हौ तिमी ?

किन आउँछौ हरेकपल सम्झनामा मेरो ?


के तिमीबिना मेरो अस्तित्व छैन ?

के तिमीबिना मेरो जीवन छैन ?


पर क्षितिजबाट आएको उज्यालोले भन्यो 

हो ! छैन ऊ बिना तेरो अस्तित्व छैन जीवन छैन ......


मेरो जीवनलाई जीवनजस्तै बनाइदिने

लडेर उठ्न,

हारेर जित्न सिकाउने

अनि मलाई बाँच्न सिकाउने गुरू 

तिमीलाई सत् सत् प्रणाम !!!



Sunday, July 5, 2020

हामी पनि देश बाँडौ

आउ अब हामी पनि देश बाँडौ
एउटा कुनामा हामी पनि एकटुक्रा खोरिया फाँडौ
आउ अब हामी पनि देश बाँडौ
हो देश सिद्धिदै गइरहेछ
हाम्रो लागि रहला नरहला
त्यसैले ढिलो नगर
झट्ट आउ हामी पनि देश बाँडौ

यो देशको भागबण्डा हुँदै गर्दा
कसैलाइ तराई चाहियो,कसैलाइ पहाड
कसैलाइ उपत्यका चाहियो,कसैलाइ हिमाल
त्यतिले पनि कहाँ पुग्यो र  !!
अझ टुक्रा पारियो यो देशको
ति टुक्रालाई
शक्तिका हिसाबले धेरथोर आपसमा बाँडियो,
जङ्गल एकको भागमा पर्यो,नदी अर्कैको नाममा
हिमाल एकले लियो
मन्दिर लिन बस्यो अर्को कोही लाममा

अरू त अरू तिम्लाई र मलाई पनि छोडेनन्
राष्ट्रियतामा हामीलाई कसैले जोडेनन्
त्यसैले आउ हामी पनि देश बाँडौ
एउटा कुनामा हामी पनि एक टुक्रा खोरिया फाँडौ

यसरी देशको भागबण्डा हुँदै गर्दा
तिमी र म कहाँ पर्यौ?
फगत् झुट्टा आश्वासन बाहेक
तिम्रो र मेरो नाममा केही परेन
त्यसैले आउ हामी आफै देश बाँडौ
एउटा कुनामा हामी पनि एक टुक्रा खोरिया फाँडौ

यो देश शक्तिवालहरूको मात्र कहाँ हो र!
अनि होइन भक्तिवालहरूको मात्र पनि
यो त देश हो कुना कन्दरामा हलो जोत्दै गरेका शेक्सपियरहरूको*
अनि हो थोत्रो घरको चुहिने छाना मुनि
जुत्ता सिलाइरहेका टल्सटयहरूको* पनि

त्यसैले ए ! हलो जोत्ने शेक्सपियर र जुत्ता सिलाउने टल्सटयहरू !!

आउ हामी पनि देश बाँडौ
एउटा कुनामा हामी पनि एक टुक्रा खोरिया फाँडौ

हामीलाइ सिङ्गो तराइ चाहिन्न
अनि चाहिन्न संपूर्ण पहाड पनि
हामीलाइ त चाहिएको छ केवल
हलो जोत्न एउटा मलिलो टार
हामीलाइ त चाहिएको छ केवल
जुत्ता सिलाउन एउटा पानी नचुहिने घर
त्यसैले आउ अब हामी पनि देश बाँडौ
एउटा कुनामा एक टुक्रा खोरिया फाँडौ
झट्ट आउ हामी पनि देश बाँडौ ।

सूर्यकला

बहाइ दुधका धारा शैलशिखर न्वाहुँुछिन्
बसि हिमाल मास्तिर सर्बदा मुस्कुराउछिन्

उघारी दन्तका पङ्ति जग यो झिलमिलाउछिन्
देखेर हाँसेको धर्ती स्वयं ति खिलखिलाउछिन्

कहिले लुकी बादल् मा धर्तीलाइ छकाउछिन्
रिसाई कि भनि फेरी झट्ट आइ फकाउछिन्

प्रचण्ड रूप धर्दछिन् दिनको मध्यमा तिनी
भनि सब्ले लिउन् बिश्राम केहि क्षन भएपनि

केहि क्षण पछि फेरी शितलु धरी देहमा
जोश जाँगर सिञ्चन्छिन् कर्मठी ति अजेयमा

जसै समय यो बग्छ पश्चिम तिनि बग्दछिन्
दोसरो सन्तति भेटी अब उस्मै निमग्न छिन् ।

मान्छे

जीन्दगी देखि हारेको मान्छे
सपना अन्तै सारेको मान्छे
बाॅच्न खोज्दा खोज्दै पनि कैयौ पटक
समयको क्रुरताले मृततुल्य पारेको मान्छे

जीन्दगीको जुवामा आफैलाइ नारेको मान्छे
खुशिहरूसग पानी बारेको मान्छे
समेट्न खोज्दा एकमुठी खुशि अञ्जुलीमा
दुखहरूले सधै सधै भरि ललकारेको मान्छे

रहरहरूलाइ अब मारेको मान्छे
आफू वारी चाहाना पारी तारेको मान्छे
इच्छाहरू सुम्पिदिएर अब समयलाइ
क्रुरतालाइ सजीलैसग स्वीकारेको मान्छे

असफलताले तल झारेको मान्छे
प्रियहरूले माया मारेको मान्छे
बनाउ आफ्नो एउटा संसार भन्दाभन्दै
आफन्तहरूले नै टाढा लघारेको मान्छे ।।

मेरो सूर्य

आजकल म बिहान सबेरै उठ्छु
र पस्छु आफ्नै मन भित्र
किनभने मेरो सूर्य त आजकल
मेरो मन भित्रबाट उदाउँछ,
हो मेरो सूर्य
उदाउँछ मेरो मन भित्रबाट
कहिले उज्यालो भएर
मलाइ पनि झलमल्ल पार्दै,
कहिले कुन्नि के को पिरले हो
धुम्म परेर उदाउँछ
मैलाइ पनि घुर्मैलो पार्दै,
अनि कैले चाहि
कुन्नि के ले छेकेर हो
अध्यारो भएर उदाउँछ
मलाइ समेत रात पार्दै,
हो मेरो सूर्य मेरो मन भित्रबाट उदाउँछ,

भन्छौ भने
सूर्य त ऊज्यालो उदाउँछ
अहँ! मेरो मनको सूर्य एकनास उदाउँदैन
यो त कहिले उज्यालो,कहिले घुर्मैलो र कहिले कालो उदाउँछ,
मेरो सूर्य उज्यालो उदाउँछ
मलाइ हँसिलो पार्दै,
मेरो सूर्य घुर्मैलो उदाउँछ
मलाइ अध्यारो बनाउँँदै,
अनि मेरो सूर्य कालो उदाउँछ
मलाइ मृततुल्य पार्दै,
हो मेरो सूर्य एकनास उदाउँदैन

मेरो मनको सूर्य आकाशको सूर्य झै
गोलो मात्र उदाउँदैन
यो त लाम्चो,थेप्चो,नेप्टो र चुच्चो पनि उदाउँछ
मेरो मनको सूर्य आकाशको सूर्य झै
रापिलो मात्र उदाउँदैन,
यो त चिसो, चिसो र बरफ चिसो पनि उदाउँछ
मेरो मनको सूर्य आकाशको सूर्य झै
हँसिलो मात्र उदाउँदैन
यो त रून्चे अनि रून्चे पिन्चे पनि उदाउँछ

यसरी मेरो मनको सूर्य
भिन्न भिन्न उदाउँछ
र लैजान्छ मलाइ पनि भिन्न भिन्न लोकमा
मानौ यो मेरो सारथी हो,
मनको घोडा नियन्त्रण गर्ने,
कहिले बेगले कुदाउँछ, कहिले सुस्त
मानौ धेरै हतारोमा छ र साह्रै फुर्सदमा पनि
कहिले मृदु कुदाउँछ,
जस्तै स्वप्न बँगैचाको सयरमा होस्
अनि कहिले क्रुर कुदाउँछ
लाग्छ कुनै युद्ध मैदानमा खटिएको योद्धा होस्,
हो,यसरी मेरो सूर्य भिन्न भिन्न उदाउँछ
मलाइ नै प्रतिबिम्बित गर्दै ।

साँईंलादाई

यसपाली दशैंमा गाउँ जाँदा देखे
टारीखेत रहेछ बाँझै
मनको खुल्दुली मेट्न
झरे गाउँँ तिर सम् साँझै
सोधें साँईंलादाई टारी खेत किन बाँझो ?
‘बहिनी यही बेचेर बिदेश जाने चाँजो’
मन भित्र कता कता दुखे झै भयो
कुन्नि के को लाजले हो शीर झुके झै भयो
तै पनि सहृदयताले भनेे,
दाई मरूभुमिमा भन्दा त यही सुन फल्दो हो
चीरपरिचित पसिनाले स्वदेशी माटो फतक्क गल्दो हो
गोर्खाली स्वभिमानले तनक्क तानिएर बोले साँईंलादाई
‘होइन बिदेश त मैले जानै पर्छ
बिदेशी हावा पानी एक पटक खानै पर्छ’

यसरी टारी खेत बेचेर साँईंलादाई बिदेश हान्निए
कर्मठी हातहरू त्यहा पनि तरकारी खेती मै छान्निए
तर आज सुने साँईंलादाई बाकस भित्र आएछन्
कुन्नि कस्तो! कस्तो! बिदेशी हावा पानी खाएछन्
आज फेरी मन भित्र कता कता दुखेको छ
कुन्नि के को लाजले हो शीर फेरी झुकेको छ
कुन्नि के को लाजले हो शीर फेरी झुकेको छ ।

छोरीको डर

बाटोमा   हिँड्दै   गर्दा मान्छेकै   प्रतिबिम्बसँग   तर्सिन्छु   म   आजकल स्कूल   कलेज   मेलापात   हाट   बजार कतै   कतै   पनि ...... किन   डर...