आज फेरी पर क्षितिजबाट एउटा उज्यालो फैँलिदै आउँदा
त्यसमा मैले तिमीलाई देखेँ
जीन्दगी जीन्दगीजस्तै भएको दिन
म तिमीलाई सम्झन्छु
जीन्दगी जीन्दगीजस्तै नभएको दिन पनि
म तिमीलाई सम्झन्छु।
सपना देखेको दिन,
सपना पुगेको दिन,
अनि सपना टुटेको दिन
म तिमीलाई सम्झन्छु
लडेको दिन, उठेको दिन
र लड्दा लड्दै सम्हालिएको दिन
जितेको दिन, हारेको दिन
अनि जित्दा जित्दै हारेको
र हार्दा हार्दै जितेको दिन
म तिमीलाई नै सम्झन्छु
को हौ तिमी ?
किन आउँछौ हरेकपल सम्झनामा मेरो ?
के तिमीबिना मेरो अस्तित्व छैन ?
के तिमीबिना मेरो जीवन छैन ?
पर क्षितिजबाट आएको उज्यालोले भन्यो
हो ! छैन ऊ बिना तेरो अस्तित्व छैन जीवन छैन ......
मेरो जीवनलाई जीवनजस्तै बनाइदिने
लडेर उठ्न,
हारेर जित्न सिकाउने
अनि मलाई बाँच्न सिकाउने गुरू
तिमीलाई सत् सत् प्रणाम !!!